पथरीशनिश्चरे मिनी महोत्सवको कन्याले गरे उद्घाटन

0
239

छविराज ढकाल/पथरीशनिश्चरे,

‘ हाम्रो गाँउ, उज्यालो बनाऔं अभियान’का साथ पथरीशनिश्चरे मिनी महोत्सब -२०७९ हुने भएको छ।

पुस ०३ गते ५ कन्या केटीहरुले औपचारिक रूपमा महोत्सवको उद्घाटन गरिएको थियो। आगामी २२गते सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरका सुपरिचित गायक – गायिकाहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका संयोजक पर्वत लामाले जानकारी दिनुभयो।

पथरीशनिश्चरे -१का विभिन्न चोक र टोलहरूमा सडक बत्ति जडान गरी रातमा उज्यालो पार्ने अभिप्रायका साथ आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरुको साथमा गायक राजेशपायल राई,प्रमोद खरेल, मिलन नेवार, प्रकाश सपुत, एलिना चौहन, मेलिना राई, प्रीति आले, लाहुरे , ज्योति मगर, लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ । साथै,रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन विभिन्न खेल सामाग्री रहने आयोजक समितिको निर्देशक मनि लिम्बूले बताएका हुन् ।

महोत्सबबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किरात मार्ग लगायतमा सडक बक्ति जडान र बिभिन्न ६ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव विकास राईले बताएका छन् ।

उक्त प्रयाेजनका लागि २ लाख ८० हजार रुपैयाँमा महाेत्सव संचालन गर्नका लागि ठेक्का सम्झौता भैसकेको राईले बताउनुभयो। पथरीशनिश्चरे वडा नं १स्थित जाँते मोडमा रहेको खेल मैदानमा सुनाखरी युवा क्लबको प्रमुख आयोजना तथा फुलवारी समाज समुह तथा भुल्र्के समाज समुहको सह – आयोजनामा मिनी महाेत्सव संचालन गरिने सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here