बोस्टन एजुकेशनको शाखा सिक्किमा

0
309

सिक्किम ।

बिद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको बोस्टन एजुकेशन फाउण्डेशनले सिक्किममा आफ्नो शाखा विस्तार गरेको छ ।

सिक्किममा रहेका विद्यार्थीलाई नेपालको शैक्षिक क्षेत्रका बारेमा जानकारी गराउँदै नेपालमा अध्ययनका लागि आउने विद्यार्थीलाई नेपालको शैक्षिक अवस्था विश्वविद्यालयको जानकारी दिँदै अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको जनाइएको छ । अष्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान लगायतका विश्वविद्यालयमा जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको वोस्टनले सिक्किमका विद्यार्थीलाई लक्षित गरेर शाखा बिस्तार गरेको हो ।

शाखाको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यबहाक अध्यक्ष देवीदास भट्टराई, द्धितिय उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रिय सदस्य पुष्पराज भट्टराई र गोर्ख जागरण अभियान संघका अध्यक्ष बलवीर तामाङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गोर्ख जागरण अभियान संघका अध्यक्ष तामाङले सिक्किमको शैक्षिक नियम अनुसार चल्न आग्रह गर्दै नेपाली शैक्षिक क्षेत्रले धेरै फड्को मारेको भन्दै प्रशंसा गरे । उनले नेपालबाट भारत र भारतबाट नेपाल अध्ययनका क्रममा बिद्यार्थी आवतजावत हुनु अत्यन्त राम्रो पक्ष भएको उल्लेख गरे । उनले इक्यानलाई सँधै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा इक्यानका कार्यबाहक अध्यक्ष भट्टराईले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि यस्ता शाखा बिस्तारले थप टेवा पुगेको बताए । उनले बोस्टनले शैक्षिक क्षेत्रमा फड्को मारेका भन्दै नेपालका विश्वविद्यालयले पनि बिदेशी बिद्यार्थीलाई आकर्षण गरिरहेको भन्दै नेपालको शैक्षिक क्षेत्रको गुणस्तर विश्वको शिक्षा अनुसार विकसित हुँदै गएको उल्लेख गरे ।

शाखा विस्तारले आफूलाई थप जिम्मेवार बनाएको भन्दै बोस्टन अब अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका रुपमा विकसित भएको जमरकट्टेलले बताए । सिक्किममा शैक्षिक परामर्शदाताको रुपमा बोस्टनको प्रतिनिधित्व भीम प्रधानले गर्ने बताइएको छ । सिक्किमबाट नेपाल अध्ययनका लागि जाने बिद्यार्थीलाई शाखा बिस्तार भएसँगै सहजता हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here