झापा, राधाकृष्ण किर्तन मण्डली बिर्तामोड–१ ले राजविराजको छिन्नमस्ता कंकालिनी मन्दिरमा आयोजित समारोहकाबीच २० जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।
किर्तन मण्डलीमा आबद्ध सदस्यलाई तीर्थयात्रा गराउँदै दोसल्ला ओढाएर सम्मान गरेको थियो । दुई वर्षदेखि ९५ वर्षसम्मका आफ्ना सदस्यलाई तीर्थयात्रा गराउँदै प्रसाद स्वरुप मन्दिर परिसरमै खीर समेत खुवाएर तीर्थयात्राको मनोकामना पूरा गराएको मण्डलीकी सचिव पूजा काफ्ले खरेलले जानकारी दिइन् ।
क्यान झापाका अध्यक्ष कृष्णे घिमिरे र क्यान सुनसरीका नवनिर्वाचित पदाधिकारीलाई समेत सम्मान गरिएको थियो । बिर्तामोड–१ मा रहेको किर्तन मण्डलीले सामाजिक कामलाई समेत अघि बढाएको छ । कनकाई नगरपालिका–१ मा रहेको सुस्तमनस्थिति सरोकार समाजमा रहेका बालबालिकालाई खाद्यान्न प्रदान गरेको छ भने किर्तन मण्डलीबाट नृत्य गर्ने छ जनालाई कदरपत्रसहित सम्मान गरेको छ ।

दिपावलीको अवसरमा देउसी–भैलोबाट संकलित रकम ५८ हजार पाँच सय ५० रुपैयाँ , किर्तनको कोषबाट तथाा स्वत स्फूत उठेको रकम मध्येबाट किर्तन मण्डलीले तीन वटै काम सम्पन्न गरेको हो । साधारण सभामा ६ जनालाई सम्मान सहित कदर पत्र दिने कार्यक्रम रहेको बताइएको छ । तीर्थ यात्री तथा मन्दिर परिसरका गरी १५० जनालाई सो समारोहमा प्रसाद वितरण गरिएको थियो ।




























