रामजानकी मन्दिरको पद हस्तान्तरण

0
303

झापा, बुद्धशान्ति – ३ स्थित रामजानकी मन्दिरको पद हस्तान्तरण सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक प्रेमकुमार शिवाकोटीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व मेघनाथ ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण सम्पन्न भएको हो ।  बुद्धशान्ति – ३ स्थित साझा धरोहरको रुपमा रहेको श्री रामजानकी मन्दिरको २५ औं वार्षिक साधारण सभाले निर्बिरोध चयन गरेको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

निर्वाचन समितिका संयोजक प्रेमकुमार शिवाकोटीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको उक्त कार्यक्रममा प्रमुख अतिथि ढकालले पदीय प्रमाण पत्र हस्तान्तरण र निर्वाचन समिति सदस्य चन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

अध्यक्ष – टंक विकल्प


नवनिर्वाचित कार्यसमितिका अध्यक्ष  टंक काफ्ले विकल्प , उपाध्यक्ष  भगवती न्यौपाने , सचिव  जय भण्डारी , कोषाध्यक्ष केशव सापकोटा , सदस्यहरू छत्र विष्ट , यानु न्यौपाने , ऋषिकेश ओझा , उषा अधिकारी , सीता न्यौपाने, विष्णु मैनाली उप्रेती , जितबहादुर श्रेष्ठ , माधव अर्याल , गंगा आचार्य र दुर्गाप्रसाद दंगालले सपथ ग्रहणका साथ पद ग्रहण गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि ढकाल , अतिथि शीतला मन्दिर अध्यक्ष निलम घिमिरे निवर्तमान अध्यक्ष बेणुप्रसाद संग्रौलाले शुभकामना मन्तव्य प्रकट गरेको सो कार्यक्रममा निवर्तमान कोषाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत गर्नुका साथै माइन्युट लगायतका हरहिसाव नवनिर्वाचित सचिव जय भण्डारीलाई बुझबुझारत गरेका थिए ।

शनिबार श्री रामजानकी मन्दिरकै सभाहलमा आयोजित साधारणसभा मन्दिरका कार्यसमिति अध्यक्ष बेणुप्रसाद संग्रौलाको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपाध्यक्ष टंक काफ्लेले स्वागत गरेको उक्त साधारण सभामा प्रमुख अतिथि प्रसाईं , वडा नं। १ का अध्यक्ष अनिल वाग्ले , श्री कृष्ण प्रणामी मन्दिर अध्यक्ष केदारप्रसाद कोइराला , जगद्गुरु जन्मस्थल संरक्षण केन्द्रका अध्यक्ष लिलानाथ भट्टराई , हातेमालो सहकारीका अध्यक्ष गोविन्द पौड्याल र लक्ष्मीनारायण मन्दिरकी सचिव दुर्गा खतिवडाले शुभकामना मन्तव्य राखेका थिए। सोही कार्यक्रममा मन्दिर परिसरमा नवनिर्मित सटरहरू निर्माण गरिदिने दाताहरू कैलाश ं निता ढकाल र राजु संग्रौलालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको साधारण सभा समितिका सदस्य जय भण्डारीले सञ्चालन गरेका थिए भने सोही साधारणसभाले चयन गरेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया अनुसार माथि उल्लिखित कार्य समिति गठन गरेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here