बास्तोलाको हत्या भएको हुनसक्ने आशंका

0
243

झापा,
कनकाई नगरपालिका– ४ स्थित इलुवाबारी बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
शिवसताक्षी– १० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा उनको हत्या गरेर व फालिएको हुनसक्ने अनुमान गरिएको छ ।

बिहीबार दिउँसो ४ बजे काँसघारीमा उनी मृत फेला परेका थिए । टाउकोमा गह्रुँगो चिजले हानेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । उनको टाउकोको अगाडि र पछाडि चोटैचोट देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाइको घर बस्दै आएका बास्तोला बुधवार दिउँसो २ बजेदेखि सम्पर्कविहीन बनेका थिए । शिवसताक्षी –१० का वडा अध्यक्ष हर्कबहादुर सिगुले भने, टाउकोमा चोटैचोट छ, हातभरि रगत देखिन्छ, शव रगतमा मुछिएको जस्तो छ, हेर्दा आत्महत्या जस्तो देखिँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here