करेन्ट लागेर श्रीमतीको मृत्यु श्रीमान घाईते

0
194

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् ।

मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकि छन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको थियो । भने उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागेर घाईते भएका थिए ।

घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here