झापाको गौरीगञ्जमा थ्रेसर र धान जल्यो

0
133

झापा ।

झापाको गौरीगञ्ज गाउँपालिका–६ डौवाबारीमा रहेकोे नगेन्द्र ढकाल घरै छेउमाको धानमा आगलागी भएको छ ।

धानमा थ्रेसर लगाउने क्रममा (आज) आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो ।

ढकालको पौन दुई विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर पराल समेत जलेर नष्ट भएको छ ।स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले जानकारी दिनुभयो ।

गौरादह, दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोगमा करिव डेढ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here