डायनासोरका विशाल अण्डा र गुँडहरु

0
343

हामीले विशालकाय जीव डायनासोरबारे कथा कुथुङ्ग्री सुन्ने, पढ्ने र सञ्चारमाध्यममा देख्ने पनि गरेका छौँ । अनि विभिन्न आकृति, चालढाल, आवाज र व्यबहारको कल्पना गर्दछौँ । अब डायनासोरको असली रुप देख्न त सक्दैनौ होला तर तिनका अवशेष भने अबश्य देख्न सक्छौँ । यहाँ यस्कै बारेमा छोटो वर्णन गर्दछु ।

भारतको मध्यप्रदेशको धारमा करोडौँ वर्षअघिका वनस्पतिका साथै विशालकाय जीवका जीवाश्म छरिएका छन् । भर्खरै मध्यप्रदेशको इको टुरिजम बोर्डको पहलमा देशभरका चर्चित वैज्ञानिकहरू त्यहाँ पुगेका छन् र उनीहरुले सम्पूर्ण क्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार गरेका छन् । इको टुरिजम विभागकी प्रमुख कार्यकारी अधिकृत समिता राजौराले अध्ययन प्रतिवेदन युनेस्कोमा पठाइने बताइकी छन् ताकि बाग र धारको ठूलो क्षेत्रलाई इको हेरिटेजको दर्जा दिन र संरक्षण गर्न सकियोस् ।

भू–गर्भशास्त्री र पृथ्वी विज्ञानसँग सम्बन्धित विज्ञहरूका अनुसार डायनासोरका विभिन्न प्रजातिहरू विभिन्न समयमा जन्मिएका र अन्त्य भएका छन् । यस क्षेत्रमा डाइनोसर मात्र नभई ठूला ‘टाइटानोसरस’ पनि जीवाश्मको रुपमा पाइने उनीहरुको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत राजौराका अनुसार भारतको धार क्षेत्रमाकहिले भीषण भूकम्पका कारण पृथ्वी ध्वस्त भएको त कहिले ज्वालामुखी विष्फोट नै विनाशको कारण बनेको र त्यसपछि पृथ्वीमा समुद्रको पानी पसेको अनि त्यसपछि धेरै प्रजातिहरू लोप भएर गएका हुन् ।

दिल्ली विश्वविद्यालयको जीवाश्म विज्ञान विभागका प्राध्यापक गुन्टुपल्लीवी प्रसादका अनुसार यस्तो भीषण ज्वालामुखी विष्फोटबाट निस्कने लाभाका कारण डेक्कन पठारको चेन बनेको हो । कहिले भूकम्प, कहिले ज्वालामुखी र कहिले समुन्द्रको पानीले पृथ्वीमा जीवन समाप्त गरिदिएका छन् । जसको प्रमाण किनाराका चट्टान र पृथ्वीको क्रस्टमा पाइन्छ । विनाशका बाबजुद पनि पृथ्वीमा जीवनको शुरुवात जारी रहेको छ । धार बाहेक नर्मदा उपत्यकाको एक हजार किलोमिटरको दायराभित्र डायनासोर लगायत धेरै लोप भएका जीवका जीवाश्महरू रहेका उनको भनाइ छ ।

डायनासोरका आयु तीन लाख वर्षसम्म :

हालसम्म विश्वभर भएका अनुसन्धानमा सबै प्रजातिका डाइनोसरको आयु दुईदेखि तीन लाख वर्षसम्म रहेको कुरा उल्लेख भएका छन् । त्यो अवधिमा अन्य जीवहरू पनि थिए । भारतको मध्य प्रदेशको यस क्षेत्रमा डायनासोरसँगै यी जीवहरूको जीवाश्म पनि छरिएका छन् । धेरै समुद्री जीवहरूको जीवाश्म खोजबाट यो पनि स्पष्ट भयो कि यो क्षेत्र कुनै समय गहिरो समुद्रको भाग थियो ।

डायनासोरका अण्डा र गुँड :

धार जिल्लाको जमिनमा तीन सय अण्डा र विभिन्न प्रजातिका डायनासोरका ३० वटा गुँड फेला परेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरूले यस क्षेत्रमा योजनाबद्ध रूपमा उत्खनन्को काम गरेका छैनन् । पृथ्वीको सतहमा मात्र पाइने ती वस्तुले करोडौँ वर्ष पुरानो जानकारी पाइन्छ सकिन्छ । व्यवस्थित ढंगले अनुसन्धान गरियो भने पृथ्वीको बारेमा धेरै रहस्य खुल्न सक्छ ।

गोठालाहरु डायनासोरका अण्डा गुडाउँछन् र गुँडमा लुकामारी खेल्छन् :

धारको अवस्था यस्तो छ कि यी जीवाश्महरूका साथमै किसानहरुले खेतमा काम गरिरहेका छन् र गोठालाहरू डाइनासोरका अण्डाहरु गुडाई खेल्छन् र गुँणमा लुकामारी खेल्छन् । महताब मण्डलोई नामका स्थानीय धारको बगैँचा क्षेत्रमा बस्छन् जहाँ अधिकांश जीवाश्महरू जमिनमा छरिएका छन् । उनी भन्छन्– गाउँबासीहरू आफ्ना जनावरहरू लिएर जङ्गलमा चराउन जान्छन् । म आफंैको कुरा गर्ने हो भने, डायनासोरको अण्डा फेला पार्ने पहिलो व्यक्ति हुँ ।

यहाँ अनुसन्धान गरिरहेका विशाल सरलाई दिएँ । शुरुमा यस्तो ठूलो अण्डा ढुङ्गामा जोडिएको भेटिएको थियो । त्यसपछि मैले थप खोज्न थालेँ । मैले एउटा दाँत पनि फेला पारेँ त्यो पनि मैले विशाल नै सरलाई दिएँ । उनले भने कि यो जलीय जनावरको दाँतको जीवाश्म हो । शार्क दाँत जीवाश्म । त्यसपछि मैले डायनासोरको दाँत फेला पारेँ । धारका विभिन्न क्षेत्रमा बसोबास गर्ने गाउँका मानिसले ठूला–ठूला गोलाकार ढुङ्गा जस्ता चिज भेट्टाएका छन् । तर, तिनीहरू कति महत्वपूर्ण छन्, कसैलाई थाह थिएन । त्यस क्षेत्रमा बालबालिकाहरू सधैँ ठूला गोलाकार ढुङ्गा गुडाएर खेल्ने गर्दछन् ।

गाउ“लेहरु डायनासोरका अण्डालाई पूजा गर्दछन् ः गाउँलेहरुले गोलाकार ढुङ्गालाई पूजा गर्ने चलन शुरु गरे तर यो कुरा तस्करहरूसम्म पनि पुग्यो । कतिपय त तस्करहरुले लगिसके । मण्डलाई त्यस क्षेत्रमा ती जीवाश्म संरक्षणको काम पनि गर्छन् । उनी भन्छन्– कि बाहिरबाट धेरै मानिसहरू यस क्षेत्रमा आउन थाले र गाउँलेहरूबाट ती ठूला गोलाकार आकारका ढुङ्गाहरू किन्न थाले, जुन वास्तवमा डायनासोरको अण्डा थिए ।

डायनासोरको अण्डा शिवलिङ्ग :

धार जिल्लाका ग्रामीण भेगमा डायनासोरको अण्डालाई शिवलिङ्गको रुपमा पुजा गर्ने चलन छ । मण्डलोई भन्छन्, हाम्रा पुर्खाहरूले युगौँदेखि पूजा गर्दै आएका छन् । गाउँलेहरुयसलाई गुल डगडा भन्छन् । तर, यो डायनासोरको अण्डा मात्र थियो । त्यसैले शिवलिङ्गको रुपमा स्थापित गर्दछन्, खेतको छेउमा । त्यसपछि पूजा गर्छन । त्यसपछि मकैको बाली आएपछि मकै खान्छन् । हाम्रा पुर्खाहरूको भावना यस्तै थियो ।

प्रमुख कार्यकारी अधिकृत राजौराका अनुसार, श्रेय एक व्यक्तिलाई मात्र जान्छ र त्यो हो स्थानीय अनुसन्धानकर्ता विक्रम वर्मा, उनको प्रयासले गाउँलेहरूले थाहा पाए कि यी गोल डगडा ढुङ्गा होइन, डायनासोरको अण्डाको अमूल्य जीवाश्म हुन् र सतहमा छरिएका ठूला ढुङ्गा वा चट्टानहरू डायनासोरको गुँडहरू हुन् । डाइनोसरको गुँडका जीवाश्महरू पनि बगैँचा र यसको वरपर कैयौँ किलोमिटर क्षेत्रमा चारैतिर छरिएका छन् । विभिन्न गुँडहरूमा यी अण्डाहरूको फरक संख्या हुन्छ र तिनीहरू विभिन्न प्रजातिका गुँड जीवाश्महरू हुन् । वैज्ञानिकले पहिचान गरेपछि अब इको टुरिजम विभागले तस्करी हुन नदिन सबैमा नम्बर लेखेर सूचीकृत गरेको छ ।

पर्यटकीय केन्द्र बन्दै :

इको टुरिजम बोर्डको पहलमा ‘डायनोसर फोसिल पार्क’ निर्माण गरिएको छ, जसमा धेरै प्रकारका जीवाश्म राखिएका छन् । यसका साथै करिब ५० किलोमिटर टाढा रहेको माण्डुमा डाइनोसर म्युजियम पनि बनाइएको छ, यहाँ पनि पर्यटक आउन थालेका छन् । बोर्डकी अधिकृत राजौराले आफ्नो जग्गा र जङ्गलको सतहमा छरिएका सम्पदा कति अमूल्य छ र यसको अनुसन्धानका लागि यो कति महत्वपूर्ण छ भन्ने कुरा स्थानीयले मात्रै थाहा पाएको बताइन् । इको टुरिजम बोर्डले देशैभरका भू–गर्भशास्त्री र जीवशास्त्रीलाई धारमा बोलाएको छ । यहाँ फेला परेको सबैभन्दा ठूलो गुँडमा १२ भन्दा बढी अण्डाहरू छन्, जुन वैज्ञानिकहरूले आफ्नो अनुसन्धानमा पनि उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ता विक्रम वर्माका अनुसार, यी चट्टानहरु त्यस समयका हुन्, जब सम्पूर्ण पृथ्वीबाट डायनासोर लोप हुँदै गएका थिए । यी चट्टानहरूले डायनासोरहरूको अन्तिम पैदलयात्रा र उनीहरूले अन्तिम पटक हिँडेको वर्णन गर्दछ । अरु चट्टानहरू औँल्याउँदै वर्मा भन्छन् कि यी सबै दक्खनका ज्वालामुखीहरू विष्फोट भएको समयका हुन् र सबै लाभामुनि गाडिँदै र जलेर नष्ट हुँदै गइरहेका थिए ।

पृथ्वीको इतिहासको महत्व :

उनले भने– यस प्रक्रियामा डायनासोरहरू लोप भए, त्यसैले पृथ्वीमा डायनासोरको अन्तिम आन्दोलनसँग जोडिएको चट्टानको यो शृंखला करिब ६५ लाख वर्ष पुरानो हो र यसमा डायनासोरका अवशेषहरू बाँकी रहेका छन् । त्यसमध्ये केही अवशेषहरू पनि फेला परेका छन् । अवशेषहरु कतै अण्डा, कतै गुँड, कतै हयीका रुपमा पाइएका छन् । भारतको धार जिल्लामा फेला परेका ढुङ्गाका थुप्रोले पृथ्वीको अस्तित्व र त्यसको विनाशको प्रमाण दिन्छ । यी सबले पृथ्वीको इतिहासको महत्व दर्शाउँदछ ।

यति गर्दागर्दै पनि नजिकै सिमेन्ट कारखाना रहेको छ । जसका कारण इको टुरिजम बोर्ड र मध्यप्रदेशको वन विभागको मात्रै होइन विज्ञहरुको पनि चिन्ता बढाएको छ । उनीहरु डराउँछन् कि यो सबै नष्ट हुन सक्छ । जहाँ विश्वको सृष्टि र विनाशका प्रमाणहरू छन् । बेसाल्टढुङ्गा र चूनढुंगा सिमेन्ट बन्दै गएकाले संरक्षण गर्नु अत्यन्त जरुरी छ । करोडौँ वर्ष अघिका रहस्यमयी र कथा बनिसकेका विशालकाय जीवका विशाल अण्डा र गुँडहरु हेर्न तपाई पनि जाने होइन त भारत मध्यप्रदेश धार ? (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here