चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण २०२३ वर्ष कठिन हुने चेतावनी

0
286

एजेन्सी, 

अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ ।

कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा कठिन हुने चेतावनी दिनुभएको हो ।

युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व अर्थतन्त्रमा मन्दी छाउने क्रिस्टालिनाको भनाई छ ।

युक्रेन युद्ध र विश्वका देशमा बढ्दो ब्याजदरका कारण आईएमएफले गत वर्ष अक्टोबरमा सन् २०२३ को अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण पनि घटाएको थियो । आइएमएफ १ सय ९० सदस्य राष्ट्रको संगठन हो ।

नयाँ वर्ष २०२३ मा विश्वभर आर्थिक संकट र मन्दी (ग्लोबल रिसेसन फियर) को डर गहिरो हुन थालेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतवार सन् २०२३ विश्वव्यापी विकासको हिसाबले विश्व अर्थतन्त्रका लागि कठिन वर्ष हुने बताएका छन् । अमेरिका, युरोप र चीनमा कमजोर आर्थिक गतिविधिको अनुभव गर्दै आईएमएफ प्रमुखले यस्तो बताएका हुन् ।

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सीबीएस आइतवार बिहानको समाचार कार्यक्रम “फेस द नेसन” समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ वर्ष “हामीले पछि छोडेको वर्ष भन्दा कठिन हुने छ। किनभने तीन ठूला अर्थतन्त्रहरू – अमेरिका, युरोपेली संघ र चीन – सबै एकै समयमा सुस्त छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here