बिर्तामोड ।
पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य तथा झापा शाखा सदस्य एवम् नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ ।
उनका बुवा गंगाप्रसाद शिवाकोटीको शुक्रबार विहान साढे ४ बजे कनकाई वडा नं ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्व.शिवाकोटीका दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी रहेका छन् भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । उनकी पत्नी पम्फादेवी शिवाकोटी रहेकी छन् ।
स्व.शिवाकोटीको शुक्रबार दिउँसो १२ बजे कनकाई आर्यघाटमा पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले नेपाल पत्रकार महासंघ झापाकी सदस्य तथा महासंघ राष्ट्रिय परिषद् सदस्य भीमा शावाकोटी भट्टराईका पिताको निधनको घटनाले स्तब्ध एवम् मर्माहत बनाएको बताएका छन् । यस दुःखद् घडीमा स्व. पिताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।