हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न

0
258

बिर्तामोड, झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ ।

गत पुस ४ गतेदेखि २१ गतेसम्म सात वटा इकागत साधारणसभाबाट शुरु भएको संस्थाको आज अन्तिम माइन्युटर प्रमाणिकरण भेलासँगै साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्य रहेको थियो ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्ततु गर्दै संस्थाका अध्यक्ष दंगालले संस्थाका सबै शेयर सदस्यको सामुहिक योगदानको प्रतिफल स्वरुप संस्था वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो । “सबै शेयर सदस्यहरुको सामुहिक योगदानले आज संस्था यो अवस्थासम्म आइपुगेको छ”, अध्यक्ष दंंगालले भन्नुभयो, “म उहाँहरुप्रति नमन गर्दछु ।” स्थापनाको छोटो समयमै संस्था जिल्लाको उत्कृष्ट संस्थामा पर्न सफल भएको उहाँले बताउनुभयो ।

संस्थाका लेखा समिति सदस्य कृष्णराज कटुवालले संस्थाको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने ऋण समिति सदस्य लोकप्रसा ओलीले ऋण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आव २०७८र०७९ को असार मसान्तसम्ममा २४ हजार ९६३ शेयर सदस्य, बचत खाता संख्या ५ हजार ९८६०, शेयर पुँजी १७ करोड २२ लाख ९१ हजार, निक्षेप संकलन ९० करोड ५१ लाख, ऋण लगानी १ अर्ब ७१ करोड ८८ लाख रहेको छ भने कूल कारोबार १ अर्ब ९१ करोड ३५ लाख रहेको छ ।कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य बन्दना झाँगड, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधान, पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, अधिवक्ता रञ्जिता कार्की, सहकारीकर्मी विपी भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, संस्थाका सल्लाहकार समिति संयोजक भगिरथ आले लगायत संस्थाका सञ्चालक एवम् विभिन्न समितिका सदस्यहरुको आतिथ्य रहेको थियो ।संस्थाको उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here