पत्रकार सीएम शर्मा सम्मानित

0
167

संगीता उप्रेती,
सुरुङ्गा।

झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २४ औं साधारणसभामा सञ्चारकर्मी सीएम शर्मा सम्मानित भएका छन् । सञ्चारकर्मी शर्मा ठोस खबर डट कमका सञ्चालक÷ सम्पादक हुन् ।

सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संबर्धन र विकासमा पु¥याएको सहयोगको मूल्याङ्कन गर्दै वनसमूहले समुहको साधारणसभाको अवसरमा तिम्सिनालाई नगदसहित सम्मान गरेको हो ।त्यसैगरी, कार्यक्रममा वन समूहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो ।

साथै उत्कृष्ट नतिजा तथा जेहन्दार विद्यार्थीतर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरूमा कन्काई माध्यमिक विद्यालयका विद्यार्थी रिजन सुवेदी, अनुषा राई, रोशन (प्रनिशबाबु) प्रसाईं, निरुपण प्रसाईं, निर्मला रिजाल र विमर्श दाहाललाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरी, फरक क्षमता भएका मोहनबहादुर गुरुङ, ज्ञानबहादुर लिम्बू, पञ्चशिला भुजेल, डम्बरबहादुर दर्जी र वीरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा समूहको दशांै समितिको कार्यकाल चलिरहँदा पाँचौं पूर्व कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको थियो । ज्येष्ठनागरिकतर्फ दलबहादुर कटुवाल, पवित्रादेवी तिम्सिना, चन्द्रप्रसाद उप्रेती, लीलादेवी चापागाईं, मकरध्वज सुवेदी, टीकादेवी मैनाली, पुण्यप्रसाद मैनाली र बाले मुर्मुलाई कपडा र नगदबाट सम्मान गरिएको समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए ।

३ हजार ४ सय १७ घर धुरी सदस्य रहेको वन समूहको साधारणसभामा कार्यक्रमको अध्यक्ष समेत रहेका वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले वन संरक्षण समिति लगायत ९ औं कार्यसमितिको चौथो वर्षको कार्यक्रमको मूल्याङ्कन साथै दशांै कार्यसमितिको प्रथम वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, अध्यक्ष ओलीले आर्थिक वर्ष २०७८/०७९ मा समूहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र चालू आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसैगरी,वन समूहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७८ साउन १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । खरेलले समुहको २०७९/२०८० को अनुमानित आम्दानी तथा खर्चको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गर्नुभएको थियोे ।

कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरेर पारित गरिएका थिए । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यालय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालीले सम्हालेका थिए भने माइन्युट प्रमाणीकरण डा. पुण्यप्रसाद पौडेल, कमल मैनाली, तीर्थराज खरेल, हरिप्रसाद सेडाई र चन्द्र मैनाली ‘भतिज’ ले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू राधाकृष्ण खनाल, भक्तिप्रसाद सिटौला, लख्खी गणेश, पूर्व मन्त्री तथा एमाले नेता हीराकुमार थापा, कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, सब–डिभिजन वन कार्यलय सुरुङ्गाका निमित्त प्रमुख सुरेशकुमार खनाल, नेका कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईं र कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए भने समुहको सचिव मान्तादेवी काफ्ले (खरेल) कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here