पछिल्लो समय फिजियोथेरापी प्रति आर्कषण बढ्दै

0
132

लक्ष्मी उप्रेती,
मेचीनगर ।

पछिल्लो समय फिजियोथेरापीप्रति विरामीको अर्काषण बढ्दै गएको छ । फिजियो थेरापीले बिरामीको दुखाई कम गर्नुको साथसाथै, कार्यात्मक क्षमता, सन्तुलनको पुनस्र्थापित गर्न मद्दत गर्ने भएकाले उनीहरको आर्कषण त्यसतर्फ बढ्न थालेको हो ।

फिजियोथेरोपीप्रति विश्वास र मानिसको आर्कषण बढेसँगै स्थानीय पालिकाहरुले विभिन्न वडामा निःशुल्करुपमा फिजियोथेरापी सेवा प्रदान गदैं आएको छ । मेचीनगर नगरपालिकाले नगरको १ र २ नम्बर वडामा समेत यो सेवा सञ्चालन गरिरहेको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।

आइतबारबाट नगरको वडानम्बर १ मा ७ दिने निःशुल्क थर्मल थेरापी शिविर शुरुभएको छ । ३० गतेसम्म चल्ने शिविरको नगर उपप्रमुख उप्रेतीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकारले निःशुल्क सेवा र मेशीन खरिदकालागि सहयोग गरिरहेको बताउनुभयो । मेचीनगर नगरपालिका वडानम्बर १ को वडा कार्यालयले आयोजना गरेको निःशुलक शिविरको सहआयोजक कृष्णनगर विकास संस्था, गाडागल्ली मेडिकल हल, शान्ति बाल शिक्षा निकेतन रहेका छन् ।

फिजियोथेरापी भनेको मेडिकलको एउटा शाखा हो । जसमा कोही व्यक्तिलाई बाहिरी रुपमा गाह्रो भयो, हात दुख्यो, ढाड ढुख्यो, नसा च्यापियो अनि कुनै पनि कुराले हिँडडुल गर्न गाह्रो भयो भने त्यति बेला बिरामीलाई गहिराहीमा जाँचिएर बिरामीलाई बिभिन्न तरिकाको व्यायाम गर्न, मांसपेशी उत्तेजक उपकरणहरू प्रयोग गर्ने, केहि जीवनशैली गतिविधिहरू जस्तै हिँड्ने, आसन, आदि सिकाउने, मांसपेशीहरू तन्काउने मेशीनहरु दिएर बिरामीलाई सञ्चो पर्ने उपचार भएको फिजियोथेरापी प्राविधिक ज्योति शिवाकोटीको भनाई छ ।

भिगेन नेपाल नामक संस्थामार्फत शिवाकोटीसहितको टिमले मेचीनगरको १० नम्बर वडा धुलावारीमा समेत निःशुल्करुपमा फिजियोथेरापी सेवा सञ्चालन गरिरहेको छ । यो संस्थाले प्राविधिक सहयोग उपलब्ध गराउने गरेको छ । मेचीनगर नगरपालिकाको वडानम्बर १ गाडागल्लीमा शुरु निःशुल्क थर्मल थेरापी शिविरमा समेत प्राविधिक सहयोग यही संस्थाको छ ।

फिजियोथेरापिस्टले विरामीको अवस्था र उसको समस्यालाई हेरेर धेरै रोगहरुको उपचार गर्न सक्छ । अर्थोपेडिक सम्बन्धी ढाड दुख्ने, कार्पल टनेल सिन्ड्रोम, गठिया, कम पीठ दुख्ने, खुट्टाको अवस्था, साइटिका, घुँडाको अवस्थालगायतको समस्याहरु फिजियो थेरापीबाट ठिक पार्ने भएकाले पछिल्लो समय फिजियोथेरापीप्रति मानिसको आर्कषण र विश्वास बढेको मेचीनगर वडानम्बर १ का वडा सदस्य तीलजा देवानको भनाई छ ।

औषधीले तपाईंलाई तत्काल राहत दिने भएपनिसाइड इफेक्ट हुन सक्छ तर फिजियोथेरापीमा विरामीलाई ठिक हुन अलि लामो समय लग्न सक्छ तर साइड इफेक्ट नहुने शिक्षासेवी हिम्मत क्षेत्रीको भनाई छ । फिजियोथेरापीमा चाही बिरामीको अवस्था, दुखाई कम नभएसम्म उपचारका लागि आउनु पर्छ, केहि हदसम्म दुखाई कम भएपछि हामी बिरामीलाई घरमा गर्नको लागि ब्यायामहरु गर्न लगायने, अनि त्यसपछि ४ –५ दिनको फरकमा फलोअपको लागि बोलाउने र विरामीको अवस्था बुझ्ने क्षेत्रीको भनाई छ ।

फिजियो थेरापीको सबैभन्दा ठुलो चुनौती बिरामीलाई आफुप्रति भरोसा दिलाउनु हो । किनभने धेरै समयसम्म निको भएन भने बिरामीहरुको मानसिक क्षमता कम हँुदै जान्छ । अनि आफुले गर्न सक्छ भनेर भरोसा लाग्दैन अनि आशा छोड्न थाल्छ त्यसो भएर फिजियोथेरापिस्टको बोलि सारै मिठो हुनुका साथै काउन्सेलिङ्ग एकदमै राम्रो हुनुपर्छ अनि मात्र बिरामीहरुलाई आफुप्रति विश्वास दिलाउन सकिने प्राविधिक शिवाकोटीको भनाई छ ।

वडानम्बर १ वडाध्यक्ष रामकुमार राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका हेमलाल गुरागाईँ, नेकपा एमालेका पासाङ्ग तामाङ्ग राप्रपाका लोकनाथ लामिछानेलगयातले बोल्नुभएको थियो । शिक्षक दिपेश खड्काले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागीमा सवैलाई मेचीनगर वडानम्बर १ का वडा सदस्य तीलजा देवानले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here