बिर्तामोडमा विषादी हालिएका मरेका माछा नष्ट

0
153

बिर्तामोड ।

बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको मरेका माछा आइतबार खाल्डो खनेर पुरिएको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका र मागुर माछा विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको भए पनि लुकिछिपी बिक्री वितरण भइरहेको भन्ने सुराकीका आधारमा नगर प्रहरीले शुक्रवार पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका माछालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र स्थानीय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरिएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानि गर्ने विषादी हालिएका मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ ।

नगर उपप्रमुख सङ्ग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने माछा अवैध ढङ्गले ओसारपसारमा संलग्न व्यवसायी र त्यसमा संलग्नहरू पक्राउ परेको खण्डमा ऐनअनुसार कारबाही गर्ने बताए ।

यस प्रकारका माछा बिर्तामोडको स्थानीय बजारमा बिक्री वितरण गर्न नपाउने भन्दै उनले सूचनालाई बेवास्ता गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिए । बिर्तामोडको कुनै पनि क्षेत्रमा मरेका माछा बिक्री वितरण गरेको पाइएमा सूचना दिन नगरपालिकाले सबैलाई आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here