संयोग पनि कस्तो ! बेलबारीमा दुई घण्टाको अन्तरमा दम्पत्तिको मृत्यु

0
192

पथरीशनिश्चरे,

भनिन्छ,जन्म र मृत्यु कसैको बसमा हुँदैन,सँगै बाँच्ने र संगै मर्ने कसम खाँदै लगनगाँठो कसेका कमै त्यस्ता भाग्यमानी दम्पत्ति हुन्छन,जो सँगै बाँच्छन् अनि मृत्यु पनि सँगसँगै हुनेगर्छ । त्यस्तै, संयोग जुरेको छ,मोरङको बेलबारी १० भाउन्नेमा बस्दै आएको एक दम्पत्तिको। सोमबार उनीहरुको २ घण्टाको फरकमा मृत्यु भएको छ ।

स्थानीय नरबहादुर सार्की र उनकी पत्नि भक्तिमाया सार्कीको करिब २ घण्टाको अन्तरमा मृत्यु भएको छ । नरबहादुरको दिउँसो १ बजे र भत्तिमायाको दिउँसो ३ बजे मृत्यु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन । उनीहरुको मंगलबार बिहान सामुहिक रुपमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

उनीहरुका ४ जना छोरा ५ जना छोरी,३ नाति ७ नातिनी रहेका छन । आर्थिक अबस्था कमजोर भएका दम्पत्तिको काजकिरियाका लागि स्थानीयले चन्दा संकलन गरि आर्थिक सहयोग गर्ने तयारी भईरहेका स्थानीय अगुवा युवा तथा समाजसेवी ईन्द्रबहादुर बस्नेतले बेतना दैनिकलाई जानकारी दिएका छन । स्वेच्छिक रुपमा परिवारलाई सहयोग गर्न लागिएको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here