वडा नं. ७ मा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर

0
148

पथरी,

पथरीशनिश्चरे वडा नं. ७ मा आज पथरीशनिश्चरे नगरपालिकाको पशुपन्छी विकास शाखाले एक दिने पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिवर सम्पन्न गरेको छ ।

वडा कार्यालयमा आयोजना भएको शिविरबाट वडाको -२ सय ३४ घरपरिवारले लाभ लिएको शाखा प्रमुख पर्वत साहले जानकारी दिएका छन्। सो शिविरमा पशुलाई परजिवि बिरुद्धको औषधि वितरण गर्नुका साथै भाले पशुको बन्धकरण बाझोपन निदान तथा उपचार गरिएको साहले जानकारी दिए । मंगलबार वडा नम्बर ३ मा शिविर आयोजना हुने भएको छ ।

७ नं. वडा सदस्य नरेश बहादुर राईको अध्यक्षता र आर्थिक विकास समिति संयोजक वडा न ७ को वडा अध्यक्ष उद्धवराज बस्नेतको प्रमुख अातिथ्यतामा शिविर सम्पन्न भएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष उद्धवराज बस्नेत, नगरपालिकाका पशु चिकित्सक डा. सबल पोख्रेल, पारा भेटरिनरी एसोसिएसन नगर अध्यक्ष अर्जुन काफ्ले लगायतले शिविरको आवश्यकता बारे मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here