झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु

0
177

झापा ।

झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- १ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै थिइन् । सोही क्रममा अचानक उनको शरीरमा आगो लागेको थियो ।

आगो लागेर उनको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको डीएसपी पाठकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here