स्रोत नखुलेको रकमसहित पक्राउ

0
97

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट बिराटनगर–१८ का ३६ बर्षीय रवीप्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार दुई सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here