कमलमा धमाधम जग्गाको वर्गीकरण गरिदैं

0
169

कमल ।

भू–वर्गीकरण गर्न देशभरका स्थानीय तहलाई सरकारले निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार अहिले सबै स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्डको आधार २०७९ अनुसार आफ्नो क्षेत्राधिकारभित्र रहेको जग्गालाई वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् । यसैक्रममा झापाको कमल गाउँपालिकाले समेत मापदण्ड अनुसार जग्गाको वर्गीकरण गर्ने कामलाई तीव्रता दिएको छ । वडा नं. ३ कार्यालयले जग्गा वर्गीकरण गर्ने काम गरिरहेको जनाइएको छ ।

वडाले वडाभित्र रहेका टोल विकास संस्थाका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधिबीच मापदण्ड अनुसार वडाले गर्न लागेको जग्गाको वर्गीकरणका बारेमा जानकारी गरइएको वडाध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए । भू–उपयोग ऐन नक्सा २०७६ को दफा (५) को उपदफा (४) बमोजिम भू–उपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न बनेको मापदण्डको आधारमा जग्गा वर्गीकरण गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

मापदण्ड अनुसार हाल व्यवसायीक क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सार्वजनिक उपयोगको क्षेत्रको आधारमा जग्गाको वर्गीकरण गर्नुपर्ने हुन्छ । जस अन्तर्गत मुख्य लोकमार्ग र सहायक मार्गको सडकको अधिकार क्षेत्रबाट एक सय मिटरसम्म दायाँ–बायाँको जग्गा, त्यस्तै जिल्ला सडक (कृषि सडक बाहेक) लगायत १० मिटरभन्दा कम चौडाई भएका सडकको किनारादेखि ९० मिटरको दुरीमा रहेका दायाँ–बायाँको जग्गालाई आवासीय क्षेत्रमा वर्गीकरण गरिने छ ।

त्यस्तै छ मिटरभन्दा बढी र १० मिटरभन्दा कम चौडाई भएका सडकको किनारादेखि ८० मिटरको दुरीमा रहेका दायाँ–बायाँको जग्गा तथा चार मिटरभन्दा बढी र छ मिटरभन्दा बढी र ७० मिटरको दुरीमा रहेको दायाँ–बायाको जग्गा र हाल आवासको रुपमा प्रयोग भएको जग्गालाई आवासीय जग्गाको रुपमा सिफारिस गरिने वडाध्यक्ष कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here