वीरता लेडी जेसीजद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

0
187

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

आज (शुक्रबार) बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको घोडामारा आधारभूत विद्यालयका ७५ जना विद्यार्थीहरूलाई वीरता लेडी जेसीजले न्यानो कपडा (स्वीटर) वितरण गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता र नेपाल जेसीज निरूपित उपाध्यक्ष सिनेटर अनुप सुनुवारको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको थियो ।

बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको सहयोगमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष संगीता गिरीले बताइन् । कार्यक्रममा प्रमुख अतिथि अनुप सुनुवार, वीरता लेडी जेसीज पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौला, बाह्रदशी जेसीजका बर्ष २०२२ का अध्यक्ष पुष्पलाल धमला, बाह्रदशी ५ का वडा सदस्य जयप्रसाद तिम्सिना, शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपानेलगायतले वीरता लेडी जेसीजले यस कार्यकालको दोस्रो कार्यक्रम शिक्षा र बालबालिकाको लागि गरेकोमा धन्यवाद दिएका थिए ।

वीरता लेडी जेसीज उपाध्यक्ष मुना ढुङ्गेलले स्वागत, कार्यकारी उपाध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश, संगीता सुवेदीले आस्था वाचन गरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here