धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

0
171

धनकुटा,

माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।

माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उहाँले जानकारी दिनुभयो ।

दैनिक विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’बाट गरिने तय भएको सङ्घका उपाध्यक्ष तारा तितुङले जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here