पथरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको शोकसभा

0
170

पथरीशनिश्चरे,

अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटीले सोमबार साँझ हवाइजहाज दुर्घटनामा परि मृत्यु हुनेहरुको चिरशान्तिको कामना गर्दै बहुमुखी क्याम्पसमा दिप प्रज्वलन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापोले शोकसभामा दु:ख व्यक्त गर्नुभएको छ ।

हिजो बिहान पोखरा उपत्यकामा यति एयरलाइन्सको जहाज दुर्घटना भई निधन भएपछि उनीहरुको स्मृतिमा शोक सभा आयोजना गरिएको अनेरास्ववियु क्याम्पस कमिटी कार्यवाहक अध्यक्ष रोशन कटुवालले जानकारी दिएका हुन् ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा, जिल्ला सदस्य राजु तिम्सिना, वडा अध्यक्षहरु नैना राइ, उद्दवराज बस्नेत, नवीन कार्की लगायत अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here