मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला

0
155

रौतहट, 

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेस प्रदेशको रौतहटमा मतदान अधिकृतहरूका लागि समीक्षा कार्यशाला आयोजना गरेको छ ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनमा के के राम्रा पक्ष र कमजोरी रहे भन्नेबारेमा बुँदागतरूपमा सुझाव माग्नुभयो । उहाँले आयोगले त्यसलाई आगामी दिनमा आवश्यक विषयमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन समग्रमा मितव्ययी भएको उल्लेख गर्दै उहाँले कानुनको पालनामा आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट गर्नुभयो । उहाँले मतदाता नामावलीमा शुद्धीकरण र आचारसंहिताको कार्यान्वयन गराउँदै निर्वाचनलाई सूचनामैत्री बनाउन आयोगले भूमिका निर्वाह गरेको स्पष्ट गर्नुभयो ।

रौतहटको कार्यक्रममा आयोगका तर्फबाट भएका असल अभ्यास, समस्या र सुधारका उपायबारे सहसचिव तुलसीबहादुर श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here