गोरु पाल्ने कृषकलाई अनुदान

0
104

चौतारा,

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो ।

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो ।

नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ । अनुदानका लागि नगरपालिकाले रु दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here