आचार्यको सम्झनामा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा शोक सभा

0
171

बिर्तामोड ।

युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले दिप प्रज्ज्वलन गरेर शोक सभा गरेको छ ।

इलामको सूर्योदय नगरपालिका निवासी आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।

बिर्तामोड स्थित मुक्ति चाोकमा बुधबार साँझ शोक सभाको आयोजना गरेर सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो ।

आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै काारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भवनअघि आत्मदाहको प्रयास गरेको उनको आज (बुधबार) बिहान निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली लगायत पदाधिकारी तथा ब्यवसायी लगायतको सहभागिता रहेको थियो । यसअघि वाणिज्य संघले आजै एक विज्ञप्ती निकालेर सरकारलाई ब्यवसाायीका समस्याका विषयमा ध्यानााकर्षाण गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here