सुरुङ्गामा जरोकिलो महाअभियानले स्थापना दिवस मनायो

0
115

झापा ।

झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा जरोकिलो महाअभियान प्रदेश नं– १ ले आफ्नो सातौं स्थापना दिवस मनाएको छ ।

अभियानले सुरुङ्गाको पाथिभरा चौतारीमा स्थापना दिवस मनाएको हो । अभियानको संस्थापक सदस्य नम्रता उप्रेतीको अध्यक्षता र अभियानका संस्थापक सदस्य अनिल कुमार चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अभियानका प्रदेश १ का महासचिव राजकुमार दाहालले मौलिक जरोकिलो महा अभियान २०७२ सालको घटस्थापनाको दिन डाक्टर निर्मलमणि अधिकारी र उनकी जीबन संगिनी उर्मिला खनाल अधिकारीले हाम्रो जीवन नेपाल र नेपाली प्रति समर्पित छ भनेर संकल्प गरेर स‍ोही बर्षको वसन्त पञ्चमीका दिन विधिवत स्थापना गरिएको बताए ।

अभियानको उदेश्य हाम्रो मौलिक निति , मौलिक संस्कार , मौलिक दर्शन , मौलिक बिचार र मौलिक प्रतिमान स्थापित गरेर नेपाललाई विश्वको केन्द्र बनाउने रहेको महासचिव दहालले बताए । विदेशी प्रतिमानले हाम्रो भुमिमा टेकेर दिइने प्रतिमान हामीलाई नचाहिने र हामी नेपालिले हाम्रै संस्कार र संस्कृतिको जगेर्ना गर्दै यही भित्र उभिएर बाच्ने पुनर्जागरण लिएर मौलिक जरोकीलो अभियान अगाडि बडाएको कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार चौधरीले वताए ।

कार्यक्रममा केन्द्रीय सदस्य रोमा देवी निरौला,अभियानका अखिल नेपाल युवा संघ प्रदेश १ का कार्यलय सचिव लिलाराज न्यौपाने लगायतले बोलेका थिए । सोही अवसरमा माघ १ गते पोखरामा प्लेन दुर्घटनामा परि ज्यान गुमाएका ७२ जना र संसद भवन अगाडी आत्मादाह गरेका इलामका व्यवसायी प्रेम प्रसाद आचार्यको आत्मा शान्तिको कामना गर्दै ७३ वटा दियो बाली श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा स्थानीय १३ जना जेष्ठ नागरिकलाई कार्यक्रमका जाडोमा लगाउने न्यानो टोपी पहिराएर सम्मान गरिएको थियो । जरोकिलो महाअभियानका अभियान्ता रोहित कुमार दुलाल , चुडामणी अधिकारी , राम प्रसाद अधिकारी , साथै बुद्धिजीवी पुण्यप्रसाद पौड्याल , ज्ञानराज सुवेदी , चन्द्र मैनालि भतिज लगायतले शुभकामना मन्तब्य रोका थिए । जरोकिलो महा अभियानका अभियान्ता उमाकान्त सिटौलाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here