पथरीशनिश्चरेको १२ औं नगरसभाका दुई विधेयक सहित पारित निर्णयहरू सार्वजानिक

0
171

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको १२ औं नगर सभाबाट दुई विधेयक सहित १० वटा निर्णयहरु पारित गरेको छ । नगरपालिकाको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नगरसभाले पारित गरेका निर्णयहरु र पौष मसान्तसम्म (६ महिना)को प्रगति विवरण सार्वजनिक गरिएको हो । नगरसभाबाट विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नैना राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन कार्कीले विज्ञप्ति बाचन गरेर निर्णयहरु सार्वजनिक गर्नुभएको थियो । कार्यक्रम नगरको सूचना संयोजक सन्तोष राईले सञ्चालन गर्नुभएको कार्यक्रमा नगरका शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

नगरसभाले सुकुम्बासीलाई जसको जग्गामा बसे पनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको राजस्व (कर) नगरले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निर्णय भएको छ ।

यसैगरी, नयाँ स्थापना गरेको पूर्बी र पश्चिम बस स्टेण्डमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कार्य रोक्न प्रकृया अघि बढाउने निर्णय भएको छ ।

विज्ञप्तिमार्फत वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि (ल्याण्डफिल्ड साइड) उर्लाबारी लगायतको छिमेकी पालिकाहरुसँग समन्वय गरेर स्थानन्तरणको प्रयास थाल्ने, समस्या अध्ययन गरेर सेवाग्राहीले विगत आर्थिक वर्षहरुको घर नक्सा पासको प्रतिलिपि उपलब्ध गराउने लगायतको निर्णय भएको उल्लेख गरिएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख तुम्बापोले गत आर्थिक वर्षमा भेटनरी व्यवसायीहरुले कर वृद्धि बारे गुनासो गरेपछि त्यसलाई घटाइएको जानकारी दिनुभयो ।

पौष मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक वर्षबाट पारित बजेट संशोधन गरिएको छ । पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख छ । यो अवधिमा ७६ जना विरामीलाई १५ हजारको दरले उपचार खर्च वितरण गरिएको उल्लेख छ ।

नगरपालिकामा छ महिनामा एक हजार, २०१ जनाको जन्म र ३५३ जनाको मृत्यु दर्ता भएको छ । यस अवधिमा ५८१ जोडीको विवाह र ८५ जोडीको सम्बन्ध विच्छेद भएको विवरण उल्लेख छ । बसाइ जाने भन्दा पथरीशनिश्चरेमा आउनेको संख्या बढी छ । यो ६ महिनामा ४४७ वटा घट्नामा एक हजार ३०४ जनाले नगर छाडेका छन् भने ७०१ वटा घट्नाबाट २ हजार ८६ जना नगरपालिका आएका छन् । प्रगति प्रतिवेदनमा ठेक्का र उपभोक्ता समिति मार्फत् भइरहेको विकास निर्माणको विवरणहरु उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here