बाह्रदशीमा सन्तमत सत्संग

0
276

चकचकी ।

बाह्रदशी गाउँपालिकामा पहिलो पटक दुई दिवसीय सन्तमत सत्संग विराटको आयोजना गरिएको छ ।

बाह्रदशी–३स्थित राधानगरमा सन्तमत सत्संग विराटको आयोजना गरिएको हो । जसका लागि भूमि पुजनको काम समेत गरिएको बाह्रदशी गाउँपालिका–३का वडाध्यक्ष टंकप्रसाद साहले बताए । नेपाल सन्तमत सत्संग बाह्रदशी–३ राधानगरको आयोजनामा हुन लागेको सन्तमत सत्संगमा नेपाल र भारतका २५ हजार भन्दा बढी भक्तजनको सहभागिता रहने बताइएको छ ।

झापामा तेस्रोपटक हुन लागेको सन्तमत सत्संग समारोहसंगै अधिवेशन गरिने सत्संग समारोह संयोजक प्रदीपकुमार साहले जानकारी दिए । यसअघि २०३३ र २०५३ सालमा टाघनडुब्बा र २०५३ सालमा गौरीगञ्जमा सत्संगको आयोजना गरिएको संयोजक प्रदीपले बताए । बिराट सत्संगको उद्घाटन फागुन २० मा गर्ने र २१ र २२ गते अधिवेशनसहित ४८ घण्टा प्रवचन हुने बताइएको छ ।

आयोजक समितिका सचिव विभूतिनारायण साहका अनुसार सत्संगमा सहभागी हुन भारतको किसनगञ्ज, पश्चिम वंगाल र नेपालको झापासहित मोरङ, सुनसरीलगायतका जिल्लाबाट धर्मप्रेमी भक्तजनको सहभागिता रहने छ । भूमि पुजन नेपाल सन्तमत सत्संग समितिका राजेश बाबा र प्रविन बाबाले गरेका थिए ।

बिराट अधिवेशनमा बिहान ६ बजेदेखि भजन कीर्तन, स्तुति ग्रन्थपाठ, प्रवचन तथा आरती दिउँसो २ बजेदेखि पनि भजन कीर्तन, स्तुति ग्रन्थपाठ, प्रवचन साथै आरती हुने र बेलुका भजन कीर्तन हुने आयोजक समितिका सचिव विभूति नारायणले बताए ।

सचिव साहका अनुसार सत्संग सम्पन्न गर्न ३५ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । एउटै गाउँबाट १५ लाख रुपैयाँ संकलन गरी बाँकी रकम संकलनको काम भइरहेको बताइएको छ । बिराट अधिवेशनमा मुख्य प्रवचनकर्ताको रुपमा भारतको उत्तराखण्डका महर्षि मेंहीब्रह्म विद्यापीठ, हरिद्वारका परम पूज्य स्वामी व्यासानन्दजी महाराज रहने आयोजक समितिका सचिव साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here