पाकिस्तानद्वारा वेस्ट बैंक आक्रमणको निन्दा

0
122

इस्लामाबाद,

पाकिस्तानले इजरायलले कब्जा गरेको उत्तरी वेस्ट बैंकमा गरेको आक्रमणको शुक्रबार कडा शब्दमा निन्दा गरेको छ ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो । इजरायली सेनाले बिहीबार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गर्दा एक वृद्ध महिलासहित नौ प्यालेस्टिनीहरूलाई मारिएका छन् । आक्रमणमा १६ जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पाकिस्तानको सरकार र जनता यस क्रुर हमलामा घाइते भएकाहरूका परिवारप्रति दुःख व्यक्त गर्दछ र घाइतेहरूको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

“पाकिस्तानले अन्तरराष्ट्रिय समुदायलाई इजरायली सेनाको यी कार्यहरू रोक्न र प्यालेस्टिनी जनताको मानव अधिकारको यथोचित संरक्षण सुनिश्चित गर्न आफ्नो जिम्मेवारी लिन आह्वान गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानले प्यालेस्टिनी जनताको मौलिक अधिकारको पूर्ण प्राप्तिका लागि वैध सङ्घर्षको लागि आफ्नो बलियो र अटल समर्थन समेत दोहो¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here