मोरङ।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी बोडरबाट अवैध सुर्ती सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ६ सय ९० केजी अन्दाजी दुई लाख सात हजार बराबरको धुलो सुर्ती बरामद भएसगैं ३३ बर्षीय उसमान शेख मिँयालाई पक्राउ गरेको हो ।
पक्राउ परेको उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।