श्रीमतीको हत्या गरी शव लुकाएपछि…

0
179

झापा ।

श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–८स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधवार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरेसंगै शव घर नजिकैको खाल्डोमा लुकाएर राखेकोमा शनिवार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । साविक उदयपुरको साविक रामपुर–२ घर भएका उनी केही समयदेखि अर्जुनधारा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here