झापा, सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै झापाका कुखुरापालक कृषक आन्दोलित बनेका छन् । उनीहरुले मंडलावार दिउँसो बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको मुक्ति चौकमा जिउँदा कुखुराका चल्ला तथा अण्डा फालेर सरकारको बिरोध गरेका छन् ।
सरकारले बजार व्यवस्थापन नगर्दा आफूहरुले उत्पादन गरेको कुखुरा र अण्डाले उचित मूल्य नपाएको उनीहरुको भनाई छ ।
व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको ¥र्यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो । व्यस्त पूर्वपश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए ।




























