अर्जुनधारा–१ सेमिफाइनलमा

0
263

अर्जुनधारा, शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता सेमिफाइनलमा अर्जुनधारा–१ पुग्न सफल भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा मंगलबार सम्पन्न खेलमा अर्जुनधारा–१०लाई ०–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ सेमिफाइनलमा पुग्न सफल भएको हो ।
अर्जुनधारा–१को जीतको लागि खेलको १२औं, ५४औं र ६२औं मिनेटमा क्रमश प्रविन विश्वकर्मा, सुनिल लोहार र सचिन सारु मगरले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका प्रविन विश्वकर्मालाई अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, १०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले संयुक्तरुपमा एक जोर बुट हस्तान्तरण गरेका थिए ।


भोलि(बुधबार)को खेल अर्जुनधारा–६ र अर्जुनधारा–९बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here