प्रनाउ कुँवरको विदाईमा अर्जुनधारामा ‘फेरि भेटौंला’ कार्यक्रम

0
191

अर्जुनधारा,इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरको विदाईमा नेपाल खेलकुद महासंघ झापा र अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनाा ‘फेरि भेटौंला’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

जेसीजका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षता र जेसीजका संस्थापक अध्यक्ष एवम् शनिअर्जुन उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत महासंघका अध्यक्ष भवानी बरालले गरेका थिए ।
गत चैत २० गतेदेखि १० महिनासम्म इप्रका अनारमनीमा प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक कुँवरले आफ्नो अनुभव बारे जानकारी गराएको कार्यक्रममा वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र गोविन्दप्रसाद खतिवडा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवरलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रनाउ कुँवरलाई दुवै संस्थाकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । जेसीजका पूर्व कोषाध्यक्षसमेत रहेका बरालको संयोजकत्वमा आयोजित कार्यक्रममा जेसीज आस्था वाचन जनसम्पर्क संयोजक शुभ्रदा गेलालले र कार्यक्रमको सञ्चालन महासचिव वेदनारायण गोदार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here