अर्जुनधारा–७ सेमीफाइनलमा

0
204

अर्जुनधारा,शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा अर्जुनधारा–७ पुग्न सफल भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा बिहीबार सम्पन्न खेलमा अर्जुनधारा–३लाई टाईब्रेकरमा २–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–७ सेमिफाइनलमा पुग्न सफल भएको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोल बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका गोलरक्षक लक्ष्मण दर्जीलाई अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले एक जोर बुट हस्तान्तरण गरेका थिए ।
भोलि(शुक्रबार)को पहिलो समीफाइनल खेल अर्जुनधारा–६ र अर्जुनधारा–८बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here