अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलाई सम्मानसहित विदाई

0
125

बिर्तामोड, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलाई सम्मानसहित विदाई गरिएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं सरुवा भएका कुँवरलाई उद्योग वाणिज्य संघको अगुवाइमा तीन दर्जनभन्दा बढी संघ–संस्थाले सामुहिक रुपमा सम्मानसहित विदाइ गरेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीमा रहँदा कुँवरले शान्ति सुरक्षा सुव्यवस्थित बनाउँदै भयरहीत वातावरणमा नागरिकलाई हिंडडुल गर्न सक्ने बनाएको, अपराध अनुसन्धानमा उत्कृष्ठ कार्य गरेको भन्दै उनलाई सामुहिक रुपमा सम्मान गरिएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य कुमार भट्टराई, उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य तथा झापा गोल्डकप अध्यक्ष बिनोद बस्नेतसहितले सम्मान–पत्र प्रदान गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेको कार्यक्रममा उद्योग वाणिज्य संघसहित बिर्तामोड नगरपालिका वडा नं. ६ र स्र्पोट्स फर एल कमिसन क्लबले समेत सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य, ओमृकष्ण विमली, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटी, सुन चाँदी व्यवसायी संघका रमेश बराइली, छठ समाज सेवा समितिका राजकुमार गुप्ता, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष मनोज अग्रवाल, जनजाति संघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, एमवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, नेपाल उद्यमशील महिला संघकी पार्वता विमली खरेल लगायतले सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगरपालिका सभापति सिटौला, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here