रेखा खोलाको पुन निर्माण सम्पन्न

0
151

झापा,
बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो ।

९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन।के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ७का वडाध्यक्ष कृष्ण प्रसाद खरेल अविरलले अगुगमन गर्नु भएको छ ।

वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताउनु भयो । उहाँले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताउनु भयो ।

बिर्तामोड नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आउनु भएको छ । ठेकेदारको ढिला सुस्तीकाकारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here