स्नातकोत्तर तहको कक्षा उद्घाटन

0
118

बिर्तामोड ,
झापा बिर्तामोड–४ को गोमेन्द्र बहुमुखी महाबिद्यालयले मास्टर अफ बिजनेस एडिमस्टेशन (एमबिए) र मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसीए) स्नातकोत्तर तहको कक्षा उद्घाटन गरेको छ ।

महाबिद्यालयले शुक्रवार (आज) शैक्षिक सत्र २०७९÷०८० देखि स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षाको सञ्चालन गर्ने उदेश्यले उद्घाटन गरेको हो ।

झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्ला भरीमै पहिलो पटक स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा सञ्चालन गर्ने पहिलो महाबिद्यालय गोमेन्द्र भएको महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । पूर्वाञ्चल विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र महाबिद्यालयले स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा यसै बर्षदेखि सञ्चालन गर्ने भएको हो ।

एउटा संकायमा ३३ जना रहने एमबिए र एमसीएमा ३३ जना बिद्यार्थी मध्ये तीन जनालाई छात्रबृत्ति पूर्वाञ्चल विश्वबिद्यालले छुट्याउने डा. खनालले बताए । डा. खनालका अनुसार २ बर्षको कोर्ष रहने एमबिए र एमसीएको लागि ३ लाख ५० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

शिक्षासेवी तथा महाबिद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वबिद्यालयका परिक्षा नियन्त्रक तथा कार्यक्रमका प्रमुख अतिथि अजयकुमार शाहले एमबिए र एमसीए कक्षाको उद्घाटन गरेका थिए । स्वागत महाबिद्यालयकी भाइस प्रिन्सिपल सरु खनालले गरेको कार्यक्रममा प्रमुख अतिथि शाह, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड साना शहरी खानेपाने तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा,क्याम्पसका सदस्य कृष्णप्रसाद घिमिरे, पुस्तक ब्यवसायी संघ झापाका पूर्व अध्यक्ष फडिन्द्र न्यौपाने, हिसान झापाका उपाध्यक्ष गौतम शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्नातकोत्तर तहका बिभागीय प्रमुखमा प्राचार्य डा. पृथ्बी राई, एमबिएतर्फ बिमल राजवंशीलगायतले एमबिए र एमसीएको कक्षाको ब्यवस्थापकका बिषयमा जानकारी गराएका थिए ।

२०५३ सालमा स्थापना भएको महाबिद्यालयले शुरुका बर्षमा उच्च माध्यमिक शिक्षा परिषदबाट स्वीकृति लिएर कक्षा ११ र १२ सञ्चालन गर्दै आएको थियो । पत्रकारिता तथा कम्प्युटर बिज्ञानको कक्षा पूर्वाञ्चलमै पहिलो पटक शुरु गरेको महाबिद्यालयले पूर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । २०५६ सालमा बिज्ञान तथा प्रबिधि संकायतर्फ बिसिए र २०६२ सालदेखि ब्यवस्थापन संकायतर्फ बिबिए पठनपाठन शुरु गरी प्राविधिक तथा ब्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here