भारतबाट ३३ हजार टन गहुँ नेपाल भित्रिने

0
219

भारतले २०७८ चैत ३० देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा आँटा, मैदालगायतको मूल्य निरन्तर उचालिएको थियो।

भारतले औपचारिक माध्यमबाट गहुँ निर्यात रोकेको र नेपालले आफूसँगै पर्याप्त गहुँ भएको ‘हावादारी’ तथ्यांक दिँदा उपभोक्ताले महँगो मूल्यमा आँटा तथा मैदा किन्नुपरेको थियो।एकातिर, चोरी पैठारी भएर ठूलो परिमाणमा गहुँ नेपाल भित्रिँदा राज्यले प्राप्त गर्ने राजस्व गुमायो भने अर्कातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भए।

कृषि विकास मन्त्रालयले नेपालमा गहुँ उत्पादन वार्षिक २२ लाख टन रहेको तथ्यांक प्रस्तुत गरेको छ। त्यही तथ्यांक आधार मानेर सरकारी निकायले भारतबाट गहुँ ल्याउन कुनै कुटनीतिक प्रयास नगर्दा उपभोक्ताले त्यसको मार खेप्नुपरेको थियो।

नेपाल फ्लोर मिल एसोसिएसनका अध्यक्ष कुमुद दुगडले भोलि बिहीबार (माघ २६) बाट नेपालमा ३३ हजार टन गहुँ भित्रिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here