अमेरिकासहित तीन देशले चीनमा बनेकाे क्यामरा हटाउँदै

0
161

काठमाडाैं ।

गत साता अमेरिकी हवाई क्षेत्रमा फेला परेकाे चिनियाँ जासूस बेलुनले त्यहाँ हलचल मच्चिएको थियो। जसलाई पछि अमेरिकी लडाकु विमानहरूले कडा प्रयासपछि खसालेका थिए । चीनमाथि यस्तो रणनीति जासुसीको आरोप प्राय लागिरहेकाे हुन्छ।

साेही क्रममा अब सुरक्षा जोखिम महसुस गर्दै अष्ट्रेलिया सरकारले रक्षा मन्त्रालयका भवनमा जडान गरिएका चिनियाँ क्यामेरा हटाउने निर्णय गरेको छ ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले रक्षा विभागका भवनहरूबाट चीनमा बनेका क्यामेराहरू हटाइने बताएका छन्।

देशका महत्वपूर्ण भवनहरूमा जडान गरिएका चिनियाँ क्यामेराले सुरक्षा जोखिममा परेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि उनको बयान आएको हो ।

रक्षामन्त्री मार्लेसले भने, यो एक प्रकारको समस्या हाे, हामी रक्षा विभागको सबै निगरानी प्रविधिको मूल्याङ्कन गरिरहेका छौं, जहाँ-जहाँ चीनमा बनेका क्यामेराहरू फेला पर्छ, त्यसलाई खाेजेर हटाइन्छ।’

विपक्षी सांसद जेम्स प्याटरसनले आफ्नो लेखापरीक्षणले अस्ट्रेलियाका २५० भन्दा बढी सरकारी भवनमा दुई चिनियाँ कम्पनी ह्याङझाउ हिभिजन डिजिटल टेक्नोलोजी र दाहुआ टेक्नोलोजीका करिब १ हजार क्यामेरा जडान गरिएको फेला पारेको बताए।

अष्ट्रेलिया भन्दा पहिले अमेरिका र बेलायतले पनि यस्तो गरिसकेका छन् । गत वर्ष नोभेम्बरमा अमेरिकी सरकारले चिनियाँ ब्रान्डका धेरै क्यामेरा र इन्टरफेसमाथि प्रतिबन्ध लगाएको थियो। बेलायत सरकारले गत नोभेम्बरमा नै चिनियाँ कम्पनीले बनाएको सुरक्षा क्यामेरामा प्रतिबन्ध लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here