‘चीनको प्रभाव कम बनाउनु प्रमुख नीतिगत प्राथमिकता’

0
128

काठमाडाैं ।

वाशिङटन डीसीस्थित एक थिङ्क ट्याङ्क विल्सन सेन्टरको दक्षिण एशिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यानले अमेरिका र चीनबीच प्रतिस्पर्धा तीव्र भइरहँदा वाशिङटनको विदेश नीति चिनियाँ सन्दर्भबाट हेर्ने क्रम बढेको र त्यो दक्षिण एसिया नीतिको हकमा पनि लागु हुने बताए।

बीबीसी न्यूज नेपालीसँगको इमेल कुराकानीमा उनले भने, “अमेरिकाको लागि नेपाल एउटा त्यस्ता देशहरूमध्ये एक हो जहाँ पछिल्ला वर्षहरूमा चिनियाँ प्रभाव र लगानी बढिरहेको छ। अमेरिकी अधिकारीहरू अमेरिका र काठमाण्डूबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालमा बढ्दै गइरहेको चिनियाँ प्रभावलाई पछाडि धकेल्न उत्सुक छन्।”

उनले थपे, “अमेरिकीहरूले के पनि अपेक्षा गरिरहेका छन् भने परम्परागत रूपमा उसको प्रभाव बढी भएको देश नेपालमा भारतले पनि चिनियाँ प्रभाव कम गर्न अझ धेरै भूमिका खेल्नसक्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here