राष्ट्रपति कांग्रेसकै हुन्छ : प्रकाशमान सिंह

0
90

काठमाडौं,

नेपालकी कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।

नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए।

‘सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेवारमाथि राष्ट्रिय सहमति कायम गर्ने प्रयास गर्छौं र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने। राष्ट्रपतिका विषयमा सत्ता गठबन्धनभित्र खटपट देखिएका बेला सांसदसमेत रहेका दाबीलाई अर्थपूर्ण ठानिएको छ।

उनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हुने विषयमा केही बोलेनन्। नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताएका छन्। पुस १० को सहमतिअनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छ। आयाेमेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here