संरक्षण क्षेत्र व्यवस्थापन परिषदले पायो पूर्णता

0
191

फुङ्लिङ, 

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन भएको दुई वर्षमा पूर्णता पाएको छ । शुक्रबार सिम्बुवाखोला उपभोक्ता समितिको गठनसँगै परिषद्ले पूर्णता पाएको हो ।

परिषद्अन्तर्गत प्रमुख सात उपभोक्ता समिति छन् । समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी एक सय १८ समूह रहेका छन् । जसमा उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामुदायिक वन उपभोक्ता समूह ३४ छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गत २०७७ फागुन १३ गते निर्वाचन भएको थियो । विवादका कारणले सिम्बुवाखोला उपभोक्ता समितिको गठन प्रक्रिया रोकिएको थियो । सिम्बुवाखोला उपभोक्ता समितिको शुक्रबार गठन भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले दुई वर्ष पछि पूर्णता पाएको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो ।

परिषद्का अनुसार सिम्बुवाखोला उपभोक्ता समितिमा सन्तोष हेल्लोकको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन भएको छ । आशिष राई उपाध्यक्ष, धनमाया लिम्बू कोषाध्यक्ष र कृष्णमान नेयोङ सचिव चयन हुनुभएको छ । सदस्यमा अनिल राई, अन्जु लिम्बू, सुर्यमाया राई,प्रजापति हेल्लोक, रणमति लिम्बू, मिलन कोहिबा र स्थानीय तहको जनप्रतिनिधि एक पदेन सदस्य हुने व्यवस्था छ ।

उपभोक्ता समिति अध्यक्ष परिषद्को प्रतिनिधि सदस्य हुने छ । परिषद्को कार्यक्रम संयोजक जितेन चेम्जोङका अनुसार समूहबाट निर्वाचित १३ सदस्यबाट अध्यक्ष चयन हुनेछ र परिषद् अध्यक्षले एक सदस्य मनोनित गर्ने व्यवस्था छ । जिल्ला समन्वय समितिको प्रतिनिधि पदेन सदस्यसहित १५ जनाको परिषद सदस्य हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here