दशनामी समाज बिर्तामोडले स्व.मानबहादुर गिरीको स्मृति दिवस मनायो

0
88

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्रि पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ ।

नगर समितिले शनिवार (आज) बिर्तामोडमा शिवरात्रिको अवसर पारेर भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यपण गरी शिवरात्रि मनाएको हो ।

त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको तेस्रो स्मृति दिवस मनाएको हो ।

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको स्मृति सभामा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगर बरिष्ठ उपाध्यक्ष नारायण गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गोविन्दबिक्रम, समाजका केन्द्रिय सल्लाहकार हर्कलाल गिरी, समाजका प्रदेश नं. १ निवर्तमान अध्यक्ष चन्द्रप्रसाद गिरी, प्रदेश १ सह–सचिव उमेश भारती, झापा अध्यक्ष केदार गिरी, वातावरण तथा पर्यावरण विद रुद्रप्रसाद गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमकाबिच बातावरण तथा पर्यावरण बिद् रुद्रप्रसाद गिरीले नेपाल दशनामी समाज झापा तथा उपस्थित रहेका बन्धुहरुलाई रुद्राक्षको विरुवा प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका नगर सचिव उद्धव पुरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here