बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा रु १ मा एक कप चिया

0
137

झापा ।

चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, एक रुपैयाँमा एक कप चिया पाइन्छ भन्दा आश्चर्य मान्नु पर्दैन ।

झापाको बिर्तामोड नगरपालिका २ स्थित प्रभु राम चौकमा फागुन ५ गतेबाट शरु भएको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा आउने दर्शकलाई मेलाको छुट्टै रौनकता प्रदान गरिएको छ । महोत्सवमा आउने अवलोकन कर्तालाई एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।

‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित अर्जुनधारा – ६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै मेजमान नामक चिया बितरण गरिरहेको छ ।

नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराउनु शुरु गर्नु भएको हो । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराउन थालेसंगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गर्न शुरु गरेका छन् ।

मिसावट रहित विना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागीताका लागि आएकाहरुले समेत नेपालको चियाको चुस्की लिँदै रमाईरहेका छन् ।

कार्की इलाम श्री अन्तु निवासी हुनुहुन्छ । उहाँले यस अघि मोवाइलको व्यवसाय सञ्चालन गर्नु भएको थियो । तर, मोवाइल ब्यवसायमा उहाँ रमाउनु भएन । अन्ततः उहाँले सीता चिया तथा घरेलु मसला उद्योग सञ्चालनमा ल्याउनुभयो । सेवासंगै व्यवसायलाई जोडेर उहाँले अहिले नेपाली चियालाई प्रर्वद्धन गर्न शुरु गर्नुभयो ।

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएपछि उहाँले महोत्सवमा आउने अवलोकन कर्तालाई मेजमान स्वरुप चिया उपलब्ध गराएर झापा र इलामको चियालाई प्रर्वद्धन गरिरहनु भएको हो । विदेश गएर गरिने दुःख भन्दा आफ्नै ठाउँमा उत्पादन भएको कृषि जन्य बस्तुको वजारीकारण गर्दै विश्व बजारमा नेपाली चियाको गुणस्तर चिनाउन सके त्यसैबाट मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने उहाँको भनाई छ ।

नेपालमा उत्पादित चिया विश्व बजारमा पुग्छ तर यहाँ उत्पादित चियाको शुद्धता मिसावटका कारण हुँदैन उहाँले भन्नुभयो – विदेशबाट आएका नागरिकले महोत्सवमा एक÷एक कप चिया खाए भनेमात्रै पनि यहाँको चियाको गुणस्तर थाहा पाउने छन् र भोलिका दिनमा नेपाली चिया विश्व बजारमा खोजिने छ ।

महोत्सवमा छुट्टै स्टल राखेर कार्कीले एक रुपैयाँमा चिया विक्री गर्दै आफ्नो चियाका उत्पादन समेत विक्री गरिरहुनु भएको छ । उहाँले आफूले उत्पादन गरेको चिया खरिद गरे कसैलाई पनि हाली हात पठाउनुहुन्न । उहाँले चिया खरिद कर्तालाई कुनै न कुनै आकर्षक उपहार प्रदान गर्नु हुन्छ । त्यस्तै तीन केजी भन्दा माथि चिया खरिद गरेको खण्डमा लक्की ड्र मा सहभागी गराउनुहुन्छ । मेलाको अन्तिम दिन एक जना भाग्यसाली ग्राहकलाई बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्हो प्रदान गर्ने योजना उहाँले बनाउनुभएको छ ।

चियाका पारखीलाई सेवा प्रदान गर्दै व्यवसाय समेत गरिरहनु भएका उहाँले तीन जनालाई रोगजारी समेत दिनु भएको छ । उहाँले चियाका उत्पादन झापा, इलाम, बिराटनगर, इटहरी, जनकपुर, चितवन काठमाडौं , बुटवल, पोखरा, दाङ, नेपालगञ्ज र धनगढीका विभिन्न पसल, डिपाटमेन्ट स्टोरहरुमा उपलब्ध गराउदै आएको बताउनुभयो ।

थोरै लगानीमाट शुरु गरेको व्यवसायलाई विदेशसम्म पु¥याउने र नेपाली चियाको गुणस्तरलाई विश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ ।

त्यसोत कोभिडपछि देशको अर्थतन्त्र नै सुस्ताएको र व्यवसायी समेत समस्यामा परिरहेका बेला यहाँको आर्थिक अबस्थालाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सस्तो दरमा सामाग्री उपलब्ध गराएर अवलोकन कर्ताहरुको मन जित्ने प्रयत्न गरिएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

विभिन्न औपचारिक कार्यक्रमका साथै साङ्गितिक प्रस्तुतिका साथ शुरु भएको महोत्सवको अवलोकन गर्न विभिन्न जिल्लाबाट अवलोकन कर्ताको आगमन शुरु भएको छ भने भारत लगायतका तेस्रो देशबाट समेत अवलोकन कर्ताहरु आउनु शुरु गरेको महोत्सव मूल आयोजक समितिका संगयोजक राजु न्यौपानेले बताउनुभयो ।

चियाले महोत्सवको रौनकता बढायो

मेलामा सहभागी मध्ये अर्जुनधारा निवासी ओमप्रकाश लुइँटेलले एक रुपैयाँको चिया महोत्सवकै आकर्षक रहेको बताउनु भएको छ । उहाँले एक रुपैयाँमा चिया पाउनु ठूलो कुरा नभएको बताउँदै नेपाली चियाको गुणस्तरका विषयमा जानकारी दिनु नै हाम्रा लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले मेलामा आएका पाहुनाहरुलाई एक रुपैयाँमा चिया उपलव्ध गराएर उनीहरुको स्वागत गरिएको समेत बताउनुभयो ।

सीता चिया तथा घरेलु मसला उद्योगले गरेको यो व्यवसायलाई महोत्सवमा व्यापार भन्न नमिल्ने बताउँदै यसलाई सेवा मुलक काम भएको टिप्पणी गर्नुभयो । महोत्सवको अवलोकनका लागि आउनु भएका गौरीशंक माध्यमिक विद्यालय बाह्रदशीका प्रधानाध्यापक लेखनाथ कटुवालले महोत्सव आफैंमा पूर्वको सान रहेको र नेपाली चियाको गुणस्तरका विषयमा छिमेकी देशका नागरिकलाई जानकारी दिनु आफैंमा सुन्दर पक्ष रहेको बताउनुभयो ।

उहाँले एक रुपैयाँमा चिया उपलब्ध गराएर महोत्सत्सवमा सहभागीलाई प्रदान गर्नु आफैंमा सेवा हो भन्नुभयो । महोत्सवमा आएका सहभागी मध्ये पहिलोदिन नै एक हजार भन्दा बढी कप चिया जनसाधारणलाई बितरण गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here