पथरी बहुमुखी क्याम्पसको खेलकुद सप्ताह सम्पन्न

0
157

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसमा भएको खेलकुद सप्ताह शुक्रबार समाप्त भएको छ ।

क्याम्पसमा खेलकुद र विद्यार्थीहरुको खेल क्षमता अभिवृद्धि गर्ने हेतुले आइतबारदेखि शुक्रबारसम्म खेलकुद सप्ताह भएको थियो । १० वटा इभेन्टमा भएको खेलकुद कार्यक्रममा भलिबलमा भने पथरीशनिश्चरे नगरमा भएका अन्य शैक्षिक संस्थाहरुलाई पनि सहभागी गराइएको थियो । भलिबलमा पथरी बहुमखी क्याम्पसको दुई र नगरमा रहेका अन्य ६ वटा शैक्षिक संस्थाबाट प्रतिष्पर्धामा सहभागी भएका थिए ।

फाइनल खेलमा पथरीशनिश्चरे–१ कै एभरेष्ट बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै पथरी बहुमुखी क्याम्पसको ‘बी’ टिमले उपाधि चुमेको हो । पथरी बहुमुखीले २५—२७ र १३—२५ को सोझो सेटमा एभरेष्टलाई पराजित गरेका थिए ।

आयोजक पथरी बहुमुखी क्याम्पसको तर्फबाट नवीन पौडेल, अभिशेक बस्नेत, क्षितिज राई लगायतले खेलेका थिए । भलिबल खेलको उप बिजेता एभरेष्टको तर्फबाट प्रज्वल न्यौपाने, मिमोहाङ लिम्बु, अनमोल श्रेष्ठ लगायतले खेलेका थिए ।

फुटबलतर्फ टाइगर फाइप खेल भएको थियो । टाइगर फाइप फुटबल छात्रतर्फ शिक्षा संकायलाई पराजित गर्दै बीबीएस तेस्रो बर्ष अध्ययनरत खेलाडी विद्यार्थीहरु प्रथम भएका छन् । बिजेता टिममा बिनोद गुरुङ, अभिशेक बस्नेत, सुनिल राई र उप बिजेता टिमबाट भुपेन्द्र बस्नेत, आयन राई, चन्द्र बिष्ट लगायत खेलाडीहरु टिममा खेलेका थिए । टाइगर फाइप फुटबल छात्रामा बीबीएस दोस्रो बर्षलाई पराजित गर्दै शिक्षा प्रथम बर्षले ट्रफी जितेको निवर्तमान स्ववियु सभापति गिरिस साम्बाले जानकारी दिए ।

खेलकुद सप्ताहमा बुद्धिचाल (चेस)तर्फ १६ जना सहभागि भएकोमा अनिष लामा प्रथम र आयुस मगर दोस्रो भएका छन् । ब्याडमिन्टनमा छात्रतर्फ अमित मगर—प्रकाश केरुङ प्रथम, आकाश राई, ऋतिक राई दोस्रो, सोही खेल छात्रातर्फ प्रियना पराजुली—बिनिता लावती प्रथम र ममता राई— रुबिना बिक दोस्रो भए । टेबलटेनिसमा नवीन बिक र आयुष गुरुङ प्रथम र दोस्रो भए ।

भाला हनाइमा छात्रतर्फ हरि लिम्बू, दिपक लिम्बू, बिपिन तामाङ, महिलातर्फ लक्ष्मी राई, बिनिता लावती, प्रियना पराजुलीले क्रमस प्रथम, दोस्रो र तेस्रो पुरस्कार जिते । लङ जम्पमा पुरुषतर्फ अभिशेक बस्नेत, सबिन बिक, शौगात श्रेष्ठ महिलातर्फ प्रियाना पराजुली, लक्ष्मी राई, बिनिता लावति, छेलो हान्ने खेलमा पुरुषतर्फ हरि लिम्बू, नवीन बिक, आइन्द्र लिम्बु, महिलातर्फ लक्ष्मी राई, निलम दाहाल, बिनिता लावती क्रमस प्रथम, दोस्रो र तेस्रो भए ।

सय मिटर दौडमा छात्रतर्फ सरोज अधिकारी, रोशन कार्की, सन्दिप राई प्रथम, दोस्रो र तेस्रो भए । छात्रातर्फ प्रियना पराजुली, सप्सरा चौहान र देबिका राईले पुरस्कार प्राप्त गरे । पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष माधप कोइरालाको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अथिति पथरीशनिश्चरे नगर उपप्रमुख देबिमाया काफ्ले, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, पूर्ब प्रमुख चेतन पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य दुर्गा दंगाल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here