पालिकास्तरिय छनौट प्रतियोगितामा शनिश्चरे मा.वि.प्रथम

0
209

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७९ अन्र्तगतको पालिकास्तरिय छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ११ स्वर्ण पदकसहित अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालय प्रथम, ८ स्वर्ण पदकसहित अर्जुनधारा–३स्थित जनता माध्यमिक विद्यालय द्धितीय र ६ स्वर्ण पदकसहित अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालय तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडी र टिमहरुलाई आयोजक शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीलगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

उक्त प्रतियोगिताको विभिन्न विधामा प्रथम हुने खेलाडी र टिमले यही फागुन १२, १३ र १४ गते सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा हुने जिल्लास्तरिय छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

गत फागुन ३ गते नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्दै सुरु भएको उक्त प्रतियोगितामा ९ वटा सामुदायिक र १४ वटा संस्थागत गरि जम्मा २३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here