झापा युटुव स्टारको फागुन २३ र २४ गते पब्लिक राउण्ड

0
91

झापा, गाउँ समाजमा लुकेर रहेका प्रतिभाको खोजी गर्दै उनीहरुलाई स्थापित गराउने उद्देश्यले नेपालमै पहिलो पटक झापा युटुव स्टार २०२२ सञ्चालनको तयारी थालिएको छ ।
गज्जवको इन्टरटेन्मेन्ट प्रालिले फागुन २३ र २४ गते पब्लिक राउण्डको कार्यक्रम गर्न लागेको सोमवार कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बीच जानकारी दिइयो । गत असोज महिनाबाट प्रतियोगिताका लागि अडिसन राउण्ड शुरु भएको हो । प्रतियोगिताका लागि फागुन ३० गतेसम्म भिडियो प्रतियोगिता रहने बताइएको छ । कार्यक्रममा झापा जिल्लाभारका ३ सय प्रतिभाहरुले सहभागीता जनाउने लागेको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धक दिप श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नृत्य , गायन, अभिनय साथै विभिन्न किसिमका कलात्मक प्रस्तुतिलाई समावेश गराइने बताइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने पब्लिक राउण्डमा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ । प्रतियोगिताले समुदायमा रहेका लोपोन्मुख कला संस्कृति र संस्कारको उजागर गर्ने अपेक्षा गरिएको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक सुस्मिता गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here