हिमाली एजुकेशन फाउण्डेशनले १६ औं बार्षिकोत्सव

0
94

झापा,  झापाको अर्जुनधारा–६ को हिमाली एजुकेशन फाउण्डेशनले १६ औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाएको छ । फाउण्डेशनले सोमवार (आज) बिर्तामोडस्थित बिद्यालयमा बार्षिकोत्सव मनाएको हो ।
हिमाली एजुकेशन फाउण्डेशनका संस्थापक खड्गराज  गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत बिद्यालयकी प्रिन्सिपल शान्ता गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि बलदेब, निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापा सदस्य, रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष तथा नेपाल शैक्षिक परामर्श संघ झापाका संस्थापक सुमन शर्मा जमरकट्टेल , प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोम्देनले बालबालिकालाई अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्नेमा जोड दिए । उनले किताबी ज्ञानसँगै विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्नुपर्नेमा बताए ।
कार्यक्रममा अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले नगर क्षेत्रमा सामुदायिक भन्दा पनि निजी विद्यालय धेरै रहेको बताउँदै निजी क्षेत्रले शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरे पनि नगर शिक्षा समितिले निजी विद्यालयलाई अवमूल्यन गरिरहेको आरोप लगाए । उनले निजी विद्यालयलाई नगर शिक्षाले प्राथमिकता दिएर सोही अनुरुप व्यवहार गर्नु पर्नेमा बताए । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गान, राष्ट्रियता झल्कने नृत्य, गीत, नृत्य, कविता, स्पीच लगायत प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबिच बिद्यालयकी शिक्षिका बालकुमारी आचार्यलाई सम्मान गरिएको थियो । उनलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गत बर्ष कक्षागत उत्कृष्ट पहिलो, दास्रो र तेस्रो हुने २४ जना बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बासुदेब बरालले गरेका थिए ।
कार्यक्रममा नेपाल दशनामी समाज बिर्तामोड नगर समिति अध्यक्ष अर्जुन गिरी, अभिभावक संघ इकाई समिति अध्यक्ष यामप्रसाद तिम्सिना, अभिभावकलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कक्षा–८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत् छन् भने ३२ जना शिक्षक तथा कर्मचारी रहेको संस्थापक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here