‘आर्थिक मन्दि तथा व्यापार घाटाको मुख्य कारण भनेकै बैंकको व्याजदर बुद्धी’

0
108

कमल ।

हालको आर्थिक मन्दि तथा व्यापार घाटाको मुख्य कारण भनेकै बैंकको व्याजदर बुद्धी हुनु एक कार्यक्रमकम सहभागीहरुले बताएका छन् ।

सो कुरा आज दमक उद्योग वाणिज्य संघले आर्थिक मन्दि तथा व्यापार घाटाको मुख्य श्रोत भने कै बैंक व्याजदर बुद्धी हो भन्ने बारे जनकारी गराउने उद्येश्यले आयोजित पत्रकार सम्मेलनमा उपस्थित व्यवसायीले बताएका हुन् ।

बैंक तथा वित्तिय सस्थाहरुबाट लिएको कर्जाको व्याजदर मनोमानी ढंगबाट अत्याधिक मात्रामा बृद्धी गरेका कारण उद्यमी ,व्यवसायी तथा कर्जा उपभोग गर्ने ऋणीलाई समेत अत्यन्तै ठुलो मार्का परेको जसका कारण उद्योग व्यवसायी दिनानुदिन धारासायी भएको छ भने कतिय व्यवसायीहरु पलायन र आत्मादाहा गर्ने सम्मको अवस्था श्रृजना भएको व्यवसायीले बताएका छन् ।

बैक तथा वित्तिय सस्थाले वृद्धी गरेको व्याजदर घटाउनकालागी दमक उद्योग वाणिज्य संघले यस अघि पनि विभिन्न कार्यक्रम गरी सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका थियौं । नेपाल सरकार तथा राष्ट्र बैकले हाम्रो माग प्रति सकारात्मक नहुने हो भने बैंक ब्याज बृद्धीदरको असर प्रत्यक्षरुपमा उद्यमी तथा व्यवसायीहरुमा देखीएता पनि अव घरभेटी देखी लिएर सर्वसाधारण जनता सम्म यसको प्रत्यक्ष असर देखीने भएकोले समयमै राष्ट्रबैंकले ध्यान दिन आवश्यक रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाईले बताउनुभयो ।

बैक तथा वित्तिय सस्थाले वृद्धी गरेको व्याजदर घटाउनकालागी संघले घरभेटीलाई समेत अनुरोध गरेको छ । ब्याज बृद्धीले व्यवसायीलाई मात्र नभएर घरभेटी र उपभोक्तालाई समेत ठुलो समस्या परेको छ । त्यसैले सबै मिलेर व्याजदर घटाउन तर्फ लाग्नु पर्ने र बैक तथा वित्तिय सस्थाले समेत व्यवसायीका मागलाई समयमै सम्वोधन गर्नेपर्ने नत्र यसले ठुलो आर्थिक समस्या उत्पन्न हुन सक्ने भएकोले सबन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने संघका निबर्तमान अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय नेपाली रुपैया विभिन्न माध्यम बाट विदेश गैईरहेको छ । यसलाई रोक्नकालागी राष्ट्र बैकले कडा निति बनाउनु आवश्यक छ भने बाहिर बाट आउने पैसालाई सहज बनाउने तर्फ राष्ट्र बैकको ध्यानजान आवश्यक रहेको संघका लेखा समिती संयोजक नेत्र चम्लागाईले बताउनुभयो ।

व्यवसायीहरुले बैक तथा वित्तिय सस्था संग कर्जाको पुर्नसंरचना, पुर्नतालिकिकरण, आंशिक धितो फुकुवा, कर्जा लिंदा बखतको व्याजदर कायम गर्नु लगायतका मागराखी बैंक तथा वित्तिय सस्थालाई ध्यानाकर्षण गराएहुँदा सबैले यसलाई गम्भिर रुपमा लिएर समस्याको समाधान तर्फ बेलैमा लाग्नुपर्ने संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here